Market Closed

कन्काईको ३% बोनसमा मूल्य समायोजनपछि कति भयो सेयर भाउ ?

14 Nov,2018
  • Kankaii-development-ba_8_2_2018_5_41_41.jpg
नेपाली पैसा
 
काठमाडौं : कन्काई विकास बैंकको ३% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता १२४ रुपैयाँ २७ पैसा कायम भएको छ । बुधबार यस बैंकको सेयर कारोबार समायोजित मूल्यलाई नै आधार मानेर खुलेको छ । कन्काईको औसत आधार मूल्य भने १७६ रुपैयाँ १४ पैसा छ ।
 
कन्काईले मंसिर १० मा हुने साधारण सभामा ३% बोनस सेयर र ६.५०% रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि बैंकले बुधबार बुक क्लोज गरेको हो । सभामा सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन हुनेछ ।
 
यता, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । कन्काईले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा बनाएको छ । बैंकले प्रस्तावित ३% बोनस सेयरपछि चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ ।
 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कन्काईले ३४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४२ पैसा रहेको छ ।

Post Your Comment