Market Closed

कन्काईको एजीएम आज, ९.५०% लाभांश सहित अरु यस्ता छन् प्रमुख एजेन्डा

26 Nov,2018
  • Kankaii-development-ba_8_2_2018_5_41_41.jpg
नेपाली पैसा
 
काठमाडौं : कन्काई विकास बैंकको साधारण सभा गोरखा डिपार्टमेन्ट स्टोरको सभाहल दमक, झापामा सोमबार १ बजेबाट सुरु भएको छ । सभामा बैंकले ३% बोनस सेयर र ६.५०% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।

थप २ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने एजेन्डा पनि लैजादैछ । साधारण सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ ।
 
यता, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । कन्काईले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि बनाएको छ । 
 
वार्षिक साधारण सभा गर्न कन्काईले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २७ गतेभित्र कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । कन्काईले ३% बोनस सेयरपछि चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले ३४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४२ पैसा छ ।
 

Post Your Comment