Market Closed

कन्काईको खुद नाफामा ३६.५२% वृद्धि हुँदा रिजर्भ कोष खुम्चियो

28 Jan,2019
  • Kankaii-development-ba_8_2_2018_5_41_41.jpg
नेपाली पैसा
 
काठमाडौं : कन्काई विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा बैंकको नाफा ३६.५२% ले बढेको हो । बैंकले गत वर्ष १ करोड ९१ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
बैंकको खुद ब्याज आम्दानी २७.४३% ले बढेर ७ करोड ४६ लाख १५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २ करोड ७० लाख ८८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा गत वर्षको तुलनामा २५.७४% बढी हो । बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ९८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ८२ करोड ३६ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कन्काईको खराब कर्जा ०.७६% रहेको छ ।
 
यता, ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्काईको रिजर्भ कोष भने घटेको छ । रिजर्भ कोष गत वर्षको भन्दा २६.५४% ले घटेर ६ करोड ८८ लाख ३९ हजार रुपैयाँमा आएको छ । गत वर्ष रिजर्भ कोषमा ९ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ २१ पैसा छ ।

Post Your Comment