Market Closed

कालिका पावरले दोस्रो त्रैमासमा कमायो ९ करोड ४ लाख, रिजर्भ कोषमा सुधार

11 Feb,2019
  • financial-data-image-2_8_29_2017_6_24_12.png
नेपाली पैसा
 
काठमाडौं : कालिका पावर कम्पनीको खुद नाफा सामान्य वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २.४८% ले खुद नाफा वृद्धि गरी ९ करोड ४ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको यही अवधिमा खुद नाफा ८ करोड ८३ लाख ५ हजार रुपैयाँ थियो ।
 
कालिकाको विद्युत बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ । दोस्रो त्रैमाससम्म बिजुली बेचेर १० करोड १४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा ९ करोड ४९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
 
कम्पनीको सयेर पुँजी ६० करोड रुपैयाँ छ । गत वर्ष सयेर चुक्ता पुँजी ४२ करोड रुपैयाँ थियो । यता, रिजर्भ कोषमा ५१ लाख ८७ हजार ७६६ रुपैयाँ जम्मा गरेको छ । गत वर्ष रिजर्भ कोष ५४ लाख ८० हजार २७९ रुपैयाँ ऋणात्मक रहेको थियो । कालिकाको  प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ८६ पैसा छ ।

कालिका पावरको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment