Market Closed

कामना सेवाले सिराहामा एकै दिन सञ्चालनमा ल्यायो २ नयाँ शाखा

14 Mar,2019
  • kamna_1_new_3_14_2019_12_33_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : कामना सेवा विकास बैंकले सिराहा जिल्लाको लहान नगरपालिका र गोलबजार नगरपालिकामा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दुवै नयाँ शाखाबाट कारोबार समेत सुरु भएको छ । बैंक सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी २ शाखा समेत गरी प्रदेश नं. २ मा बैंकको शाखा संख्या ५ वटा पुगेको जानकारी दिए । थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा पनि बताए ।



यस बैंकले व्यवसाय विस्तारका क्रममा नविनतम प्रोडक्ट तथा बृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा उपलब्ध गराउँदै जाने लक्ष्य लिएको छ । 
 
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यो बैंकले देशका विभिन्न भागमा ७२ वटा शाखा कार्यालय तथा २७ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 
 

Post Your Comment