Market Closed

लुम्बिनीको ६ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका, यसरी गरौं आवेदन

22 Apr,2018
  • lumbini_bikas_2__4_22_2018_10_45_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : लुम्बिनी विकास बैंकको ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामी भर्ने आइतबार (वैशाख ९ गते) अन्तिम दिन हो । लुम्बिनीले वैशाख २ गतेदेखि संस्थापक समूहको ३ लाख ७९ हजार ३३६.४४ कित्ता र सर्वसाधारण समूहको २ लाख २१ हजार ९८९.०३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 
 
यसअघि बैंकले माघ ११ देखि फागुन २३ गतेसम्म २० लाख ८ हजार ८७८.४७ कित्ता (१०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा १८ हजार ७९२ जनाले १४ लाख ७ हजार ५५३ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बिक्न बाँकी रहेको सेयर लिलामी खुला गरेको हो । 
बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली, ललितपुर र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्ली बजारबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, लुम्बिनी विकास बैंककै उपत्यका भित्रका त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड, ठमेल तथा उपत्यका बाहिर पोखराको न्यूरोड र महेन्द्रपुल, विराटनगर, वीरगञ्ज र नारायणगढबाट समेत बोलपत्र भर्न मिल्नेछ । यसैगरी, भैरहवा, बुटवल, नेपालगञ्ज, जनकपुर र बनेपा शाखाबाट समेत लिलामी फारम बुझाउन पाइनेछ । 
 
 राष्ट्र बैंकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अभियानमा रहेको यस बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ । बाँकी रकम बोनस वितरण गरेर पुर्याउन सक्ने देखिन्छ । लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक मर्ज भएर लुम्बिनी विकास बैंक बनेको हो ।

Post Your Comment