Market Closed

लुम्बिनीको सञ्चालक समिति अध्यक्षमा अशोक पण्डे, सुशिल पराजुलीको राजीनामा स्वीकृत

27 May,2018
  • lumbini_bikas_2_28_4_6_2018_10_55_50_5_27_2018_11_22_59.jpg
नेपाली पैसा
 
काठमाडौं : लुम्बिनी विकास बैंकले अशोक राज पाण्डेलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले पण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो । सोही बैठकले सुशिल राज पराजुलीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
 
पराजुलीले आफ्नो व्यक्तिगत कारणले गर्दा सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएको बैंकले जनाएको छ । यसअघि लुम्बिनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) झलक प्रसाद खनालले पनि पदबाट राजीनामा दिएका थिए । अहिले नायव सीइओ उमेश रेग्मीले कायम मुकायम सीइओ भएर काम गरिरहेका छन् ।

Post Your Comment