Market Closed

लुम्बिनीको बोनस सेयर खातामा पाउन अब यसो गर्नुहोस्

20 Sep,2019
  • download_9_20_2019_4_28_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : लुम्बिनी विकास बैंकले बोनस सेयरमा लाग्ने कर रकम जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले गत साउन २८ गते बसेको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १७.०७% बोनस सेयर दिने निर्णय पारित गरेको थियो । यही बोनसमा लाग्ने कर तिर्न सेयरधनीलाई भनेको हो ।

सेयरधनीले लुम्बिनी बिकास बैंकको शाखा कार्यालय त्रिपुरेश्वर, काठमाडौंको खाता नं. ०३१००१२०००४१०२००००१४ मा कर तिर्न सक्नेछन् । यो खाता भिबोर क्यपिटलको नाममा छ । लुम्बिनी विकास बैंकको कुनै पनि शाखाबाट रकम जम्मा गर्न सकिने छ ।

बोनसमा लाग्ने करको विवरण सेयर राजिष्ट्रार भिबोर क्यापिटलको वेबसाइट www.viborcapital.com मा गएर जानकारी लिन सकिनेछ । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment