Market Closed

लक्ष्मी बैंकको ८.५०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजीएम ?

27 Jan,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी बैंकको ८.५०% बोनस सेयर सुरक्षित गर्ने आइतबार (माघ १३ गते) अन्तिम दिन हो । लक्ष्मीले साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्दैछ । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.४५% नगद लाभांश पनि दिनेछ । लक्ष्मीको साधारण सभा माघ २८ गते हुनेछ ।  
 
बैंकले लाभांशका अतिरित्तल मर्जर तथा एक्विजिसनको प्रस्ताव सहित साधारण सभामा लैजाने भएको छ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सम्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।
 
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य पनि प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पेश हुनेछ । लक्ष्मीले आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने प्रस्ताव पनि एजीएममा लैजाँदैछ । 
 
साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । लक्ष्मी बैंकको हाल चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । ८.५०% बोनस वितरणपछि पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment