Market Closed

लक्ष्मी बैंकको ८.५०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार ?

28 Jan,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकको ८.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसपछि यसको समायोजित सेयर भाउ प्रतिकित्ता २०२ रुपैयाँ ७६ पैसा कायम भएको छ । सोमबार लक्ष्मीको सेयर कारोबार सोही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २७९ रुपैयाँ ३८ पैसा रहेको छ ।
 
लक्ष्मीले माघ २८ गते हुने वार्षिक साधारण सभामा ८.५०% बोनस सेयर र कर तिर्न ०.४५% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । बैंकले साधारण सभाका लागि सोमबारदेखि बुक क्लोज गरेको हो । बैंकले लाभांशका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सम्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्नेछ ।
 
यस्तै, अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य पनि प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पेश हुनेछ । लक्ष्मीले आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने प्रस्ताव पनि एजीएममा लैजाँदैछ । 
 
साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । लक्ष्मी बैंकको हाल चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । ८.५०% बोनस वितरणपछि पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment