Market Closed

लक्ष्मी बैंकले सोमबार बोलायो एजीएम : भेन्चर क्यापिटलदेखि ब्रोकरको कामसम्म एजेन्डा

07 Feb,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी बैंकले सोमबार (माघ २८ गते) साधारण सभा बोलाएको छ । सभामा बैंकले ८.५०% बोनस सेयर दिने प्रस्ताव लैजानेछ । लक्ष्मीले साधारण सभा प्रयोजनका लागि माघ १४ गतेदेखि बुक क्लोज गरेको छ । यस आधारमा माघ १३ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.४५% नगद लाभांश पनि दिनेछ ।

साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । लाभांशका अतिरिक्त मर्जर तथा एक्विजिसनको प्रस्ताव पनि राखिएका छन्। अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सम्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।
 
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पेश हुनेछ । लक्ष्मीले आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने प्रस्ताव पनि एजीएममा लैजाँदैछ । 
 
लक्ष्मी बैंकको हाल चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । ८.५०% बोनस वितरणपछि पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।  

लक्ष्मी बैंकले एजीएमका एजेन्डा यो लिंकमा क्लिक गरेर पढ्नुहोस् । 

Post Your Comment