Market Closed

लक्ष्मी बैंकको एजीएम आज, ८.५०% बोनससहित अरु के–के छन् एजेन्डा ?

11 Feb,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकको वार्षिक साधारण सभा आज (माघ २८ गते) बस्दैछ । दिउँसो २ बजे सुरु हुने सभामा बैंकले ८.५०% बोनस सेयर दिने प्रस्ताव लैजानेछ । लक्ष्मीले साधारण सभा प्रयोजनका लागि माघ १४ गतेदेखि बुक क्लोज गरेको छ । यस आधारमा माघ १३ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.४५% नगद लाभांश पनि दिनेछ । साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बस्दैछ ।
 
लक्ष्मीले लाभांशका अतिरिक्त मर्जर तथा एक्विजिसनको प्रस्ताव पेश गर्नेछ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानुपरेमा त्यसको सम्पूर्ण अधिकार सम्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ ।
 
अन्य संस्थाहरुको सेयर तथा डिबेन्चर निष्कासनका लागि अन्डरराइट गर्ने उद्देश्य प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पेश हुनेछ । लक्ष्मीले आफैं वा सहायक कम्पनी खोलेर जीवन तथा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, क्रेडिट रेटिङ, सेयर दलाल तथा स्टक एक्सचेन्जको काम गर्ने प्रस्ताव पनि एजीएममा लैजाँदैछ । 
 
लक्ष्मी बैंकको हाल चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ । ८।५०५ बोनस वितरणपछि पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।  

Post Your Comment