Market Closed

लक्ष्मी बैंक पनि उक्लियो अरबपतिको सूचीमा, नाफा १९.५५% ले बढ्दा अन्य सूचक कस्तो ?

07 May,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अरबपतिको सूचीमा उक्लिएको छ । बैंकले यस अवधिमा १ अर्ब २ करोड ९६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १९.५५% ले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ८६ करोड ११ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म वितरण योग्य नाफा ७० करोड ५५ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
 
यता, लक्ष्मीको खुद ब्याज आम्दानी ३४.४१% ले बढेर २ अर्ब १९ करोड ६२ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ६३ करोड ३८ लाख ६७ हजार रुपैयाँ ब्याज आम्दानी कमाएको थियो । साथै, सञ्चालन नाफा १९.३३% ले बढेर १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले नाफा १ अर्ब २३ करोड २ लाख ८१ हजार रुपैयाँ रहेको थियो । 
 
बैंकको ८.५०% बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा जगेडा कोषमा २ अर्ब १७ करोड ११ लाख २६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा ९६ करोड ८६ लाख १८ हजार रुपैयाँ रहेको छ । चैत मसान्त सम्म बैंकले ७७ अर्ब ४४ करोड ६१ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब ५१ करोड ५७ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
लक्ष्मीको प्रतिसेयर आम्दानी २ पैसाले बढेर १५ रुपैयाँ ३९ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३७ पैसा रहेको थियो । यस अवधिमा बैंकको आधारदर १०.२६% रहेको छ । खराब कर्जा ०.०४% ले बढेर १.२०% पुगेको छ । 

लक्ष्मी बैंकको तेस्रो त्रैमासिक रिपोर्ट हेर्नुहोस् ।

Post Your Comment