Market Closed

लक्ष्मी बैंकले संस्थापक हिस्सा ५१% मा झार्यो, ९ लाख कित्ता सेयर सर्वसाधारणमा परिणत

22 May,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ । बैंकको ९ लाख ५ हजार ५१२.४५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन भएको हो । सेयर परिवर्तनपछि लक्ष्मी बैंकमा संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% कायम भएको छ ।
 
नेप्सेमा उक्त सेयर सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ । अब यसको कारोबार साधारण सेयर सरह नै हुनेछ । लक्ष्मीले संस्थापक सेयर साधारणमा परिवर्तन गर्न राष्ट्र बैंकबाट २०७४ कात्तिक १५ गते र नेपाल धितोपत्र बोर्डबाट २०७५ माघ १० गते स्वीकृति पाएको थियो ।
 
चालु आर्थिक वर्षको चैत मसान्तसम्म यस बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको छ । यसले १ अर्ब २ करोड ९६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लक्ष्मीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा छ । 

Post Your Comment