Market Closed

ऋणपत्रको भीडमा लक्ष्मी बैंक पनि थपियो, लगानीकर्ताको रेस्पोन्स के होला ?

10 Jun,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
 
 यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ । 
 
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । पछिल्लो धेरै जसो वाणिज्य बैंकहरुले लगानी विस्तार गर्न ऋणपत्रलाई माध्यम बनाएका छन् । कतिपयले दोहोर्याएर पनि ऋणपत्र जारी गरिरहेको देखन्छि ।

तर सर्वसाधारण लगानीकर्ता भने आकर्षित हुन सकेका छैनन् । ऋणपत्रलाई सेयर बजारसँग तुलना गरेर हेर्ने लगानीकर्ता पनि धेरै हुने गरेका छन् । सेयर बजारमा जोखिमसँगै लाभको मात्रामा पनि निकै धेरै छ । सजिलै दोस्रो बजारमा किनबेच गर्न सकिन्छ । तर हामीकहाँ दोस्रो बजारमार्फत ऋणपत्र कारोबार गर्ने चलन प्रभावकारी भएको छैन् ।

यसमा बैंक निक्षेप जस्तै निश्चित प्रतिशत ब्याजदर तोकिने भएकाले पनि आम लगानीकर्ताले चासो नदेखाएका हुन् । यसअघि ऋणपत्र जारी गरेका र गरिहेका बैंकहरुको पनि बिक्न धौधौ परेको छ । नबिकेपछि सबैले समय थपेका छन् । विगतका अरु बैंकको नजिर हेर्ने हो भने लक्ष्मी बैंकको ऋणपत्र पनि सहजै बिक्री नहुने अनुमान लगाउन गाह्रो पर्दैन । 
 
 

Post Your Comment