Market Closed

लक्ष्मी बैंकको खुद नाफा ३३.४३% ले बढ्दा प्रतिसेयर आम्दानी १७.६७ रुपैयाँ

07 Aug,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब ५७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनमा ३३.४३% ले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब १८ करोड १० लाख ९१ हजार रुपैयाँ कमाएको थियो ।
 
यता, यस अवधिमा वितरण योग्य नाफा १ अर्ब १५ करोड ६१ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८७ पैसाले बढेर १७ रुपैयाँ ६७ पैसा पुगको छ । यस अवधिमा लक्ष्मीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६७ पैसा रहेको छ । 

Post Your Comment