Market Closed

लक्ष्मी बैंकको नाफा ३२.६४% ले बढ्दा वितरण योग्य नाफा कति ?

12 Nov,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52_11_3_2019_10_57_49.jpg
नेपाली पैसा

काठमाडौं : लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिभन्दा ३२.६४% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको छ । 

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमाशः १६.९९% र २५.०७% ले बढेको छ । यसले खुद नाफा बढाउन टेवा पुर्याएको हो । यता, खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ २८ पैसाले बढेर १८ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा रहेको छ । 

बैंकको चुक्ता पुँजी ८.५०% ले बढेको छ । गत वर्षको नाफाबाट लक्ष्मीले १५% लाभांश दिने घोषणा गरेको छ । जसमा १०% बोनस सेयर र ५% नगद लाभांश रहेको छ । 

Post Your Comment