Market Closed

लक्ष्मी उन्नति कोषको ८० लाख इकाई म्युचुअल फन्ड आउने, अनुमति माग्न धितोपत्र बोर्डमा

19 May,2019
  • download_7_25_2017_3_14_32_11_2_2017_4_56_23.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी क्यापिटलले नयाँ म्युचुअल फन्ड स्कीम जारी गर्ने भएको छ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत ‘लक्ष्मी उन्नति कोष’ ले  ८० लाख इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले उन्नति कोषको इकाई बिक्री गर्न लागेको हो ।
 
यस आधारमा कुल ८० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड इकाई निष्कासन हुनेछ । लक्ष्मी क्यपिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो तेस्रो म्युचुअल फन्ड स्कीम हो । हाल लक्ष्मी भ्यालु फन्ड–१ र लक्ष्मी इक्विटी फन्डको कारोबार भइरहेको छ । ‘लक्ष्मी उन्नति कोष’ को बिक्री प्रबन्धकको काम पनि लक्ष्मी क्यापिटलले नै गर्नेछ ।
 

Post Your Comment