Market Closed

लक्ष्मीका दुवै म्युचुअल फन्डको न्याभ बढ्यो, कति छ सेयरमा लगानी ?

30 Oct,2020
  • MUTUAL-FUND_4_29_2019_6_35_28.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको असोज मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपैयाँ ४ पैसा कायम भएको छ । यो अघिल्लो महिनाको भन्दा ०६ पैसाले बढी हो । भदौमा यसको न्याभ १० रुपैयाँ ९८ पैसा थियो । असोज मसान्तमा सूचीकृत कम्पनीको सेयरमा लगानी ७७ करोड ५२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । 
 
भदौमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ७५ करोड ६२ लाख १५ हजार रुपैयाँ थियो । यस्तै, भदौमा ४६ करोड ७१ लाख ५० हजार रुपैयाँ रहेको बैंक मौज्दात असोजमा ४९ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा फन्डले ६२ वटा सूचीकृत कम्पनीको १८ लाख ४९ हजार ७६ कित्ता सेयर होल्ड गरेको छ ।
 
यता, लक्ष्मी उन्नति कोषको न्याभ भने असोज मसान्तमा ०१ पैसाले बढेर १० रुपैयाँ ०५ पैसा कायम भएको छ । भदौमा यसको न्याभ १० रुपैयाँ ०४ पैसा रहेको थियो । असोज मसान्तसम्म सूचीकृत सेयरमा लगानी बढाएर १३ करोड ६६ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो महिना भने १ करोड ८२ लाख ७० हजार रुपैयाँको सेयर मात्र सेयर लगानी रहेको थियो ।
 
लक्ष्मी उन्नति कोषको बैंक मौज्दातमा ४८ करोड ४३ लाख ५८ हजार रुपैयाँ रहेको छ । बैंक मौज्दात भने अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना फन्डले ६३ करोड ७२ लाख ३३ हजार रुपैयाँ बैंक मौज्दात राखेको थियो । यस फन्डले कुल २९ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । यसले गत साउनमा सर्वसाधारणलाई इकाई बिक्री गरेर सञ्चालनमा आएको हो । 

Post Your Comment