Market Closed

लक्ष्मी इक्विटी फन्डको कारोबार सुरु, कतिमा खुल्यो ?

02 Aug,2017
  • download_7_25_2017_3_14_32_8_2_2017_12_11_20.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको कारोबार बुधबारदेखि सुरु भएको छ । फन्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले फन्डको ओपन रेन्ज १० रुपैयाँ तोकेको छ । यसआधारमा, फन्डको कारोबार प्रतिइकाई १० रुपैयाँमा खुलेको हो । फन्डले कारेबारका लागि ‘एलइएमएफ’ संकेत पाएको छ । असार मसान्तमा फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ८५ पैसा छ । प्रतिइकाई खुद मूल्य अघिल्लो महिनाको तुलनामा ९ पैसाले घटेको हो । यो फन्डले ३८ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । लक्ष्मी इक्विटी फन्डको कोष व्यवस्थापक लक्ष्मी क्यापिटल हो ।

Post Your Comment