काठमाडौं :
लक्ष्मी इक्विटी फन्डको असार महिनामा प्रतिइकाई खुद सम्पति मूल्य १२ पैसाले घटेर ८ रुपैयाँ ६६ पैसामा ओर्लिएको छ । जेठमा लक्ष्मीको प्रतिइकाई खुद सम्पत्ति मूल्य ८ रुपैयाँ ७८ पैसा थियो । यस फन्डको खुद सम्पति पनि १ करोड ४६ लाख ५४ हजार ७६६ रुपैयाँले घटेर १ अर्ब ८ करोड २२ लाख ४१ हजार ३१३ रुपैयाँ भएको छ ।
जेठमा यसको खुद सम्पत्ति मूल्य १ अर्ब ९ करोड ६८ लाख ९६ हजार ७९ रुपैयाँ रहेको थियो । बैंक मौज्दातमा १६ करोड ७९ लाख २ हजार १३५ रुपैयाँ रहेको छ । यो कल तथा बचत खाताहरुमा राखिएको रकम हो ।
यता, मुद्दति निक्षेपमा २२ करोड रुपैयाँ रहेको देखाइएको छ । लक्ष्मी इक्विी फन्डको जम्मा जारी इकाई १२ करोड ५० लाख हो । लक्ष्मी इक्विटीले ५८ वटा सूचीकृत कम्पनीको १३ लाख ८१ हजार १५८ कित्ता सेयरमा ७० करोड ४४ लाख ६६ हजार ३५२ रुपैयाँ लगानी गरेको छ ।