लक्ष्मी इक्विटीको प्रतिइकाई खुद मूल्यमा ७ पैसाको गिरावट, बैंक मौज्दात बढ्यो

30 Oct,2018
  • mutual_fund_10_30_2018_11_20_58.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ७ पैसाले घटेको छ । भदौमा ८ रुपैयाँ ८२ पैसा रहेको यो फन्डको प्रतिइकाई खुद सम्पति मूल्य असोजमा ८ रुपैयाँ ७५ पैसामा आइपुगेको छ । लक्ष्मको जम्मा जारी इकाई १२ करोड ५० लाख हो । असोज सम्ममा यस फन्डले ७० करोड ४५ लाख ५१ हजार रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यो अघिल्लो महिनाको भन्दा १ करोड ३४ लाख ६० हजार ४०४ रुपैयाँ बढी हो । भदौमा यसले सूचीकृत सेयरमा ६९ करोड १० लाख ९० हजार ६०३ रुपैयाँ लगानी गरेको थियो । 
 
लक्ष्मीले असोज सम्ममा कुल ६१ वटा सूचीकृत कम्पनीको १४ लाख २८ हजार ४५० कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै एनएमबि बैंकको १ लाख ३२ हजार ८५९ कित्ता सेयर रहेको छ । रकमका आधारमा पनि एनएमबि बैंककै सेयरमा सबैभन्दा धेरै ४ करोड ७८ लाख २९ हजार २४० रुपैयाँ लगानी गरेको छ । यता, लक्ष्मीले बैंक मौज्दात पनि बढाएको छ । असोजमा बैंक मौज्दातमा ३३ करोड ५५ लाख ८३ हजार ३७६ रुपैयाँ राखेको छ । भदौमा भने बैंक मौज्दातमा ३२ करोड ९९ लाख ७६ हजार ७०६ रुपैयाँ थियो ।

Post Your Comment