Market Closed

लक्ष्मी इक्विटीको न्याभ १७ पैसा घट्यो, सेयर बजारमा कसरी गर्दैछ लगानी ?

25 Feb,2019
  • mutual_fund_2_25_2019_10_37_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १७ पैसाले घटेको छ । पुसमा ८ रुपैयाँ ७२ पैसा रहेको यो फन्डको न्याभ घटेर माघमा ८ रुपैयाँ ५५ पैसामा आइपुगेको हो । यस इक्विटी फन्डको जम्मा जारी इकाई १२ करोड ५० लाख हो । माघ सम्ममा यस फन्डले ७९ करोड ६५ लाख ३२ हजार १०१ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।

यो अघिल्लो महिनाको भन्दा ८ करोड ४९ लाख ७६ हजार ७० रुपैयाँ बढी हो । पुसमा यसले सूचीकृत सेयरमा ७१ करोड १५ लाख ५६ हजार ३१ रुपैयाँ लगानी गरेको थियो । लक्ष्मीले माघ सम्ममा कुल ६८ वटा सूचीकृत कम्पनीको १९ लाख ५४ हजार ६९१ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै सिभिल बैंकको ९३ हजार ६६२ कित्ता सेयर रहेको छ ।

रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सको सेयरमा सबैभन्दा धेरै ३ करोड ३२ लाख ५ हजार ९०० रुपैयाँ लगानी गरेको देखिन्छ । यसले बैंक मौज्दात पनि घटाएको छ । पुसमा ३२ करोड ८ लाख ९० हजार ५४२ रुपैयाँ रहेको बैंक मौज्दातमा माघमा घटेर २१ करोड ८ लाख १४ हजार ६५० रुपैयाँमा आइपुगेको छ । 

लक्ष्मी इक्विटीको फन्डको रिपोर्ट यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment