Market Closed

लक्ष्मी इक्विटी फन्डको न्याभ ९.२२ रुपैयाँ, धेरै लगानी नेपाल बैंकमा

26 May,2020
  • mutual_fund_6_2_12_1_2019_12_12_01.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी इक्विटी फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) वैशाख मसान्तसम्म ९ रुपैयाँ २२ पैसा कायम भएको छ । यो चैतको भन्दा २५ पैसाले कम हो । चैत मसान्तसम्म यसको न्याभ ९ रुपैयाँ ४७ पैसा थियो । म्युचल फन्डहरुको अधिकांश लगानी सेयर बजारमा हुन्छ । पछिल्लो समय सेयर बजार प्रभावित हुँदा त्यसको असर फन्डमा परेको छ ।

चैत महिनामा ७२ करोड ५ लाख ४७ हजार रुपैयाँ रहेको यसको सूचीकृत सेयरमा लगानी वैशाखमा ६८ करोड ९६ लाख ३ हजार रुपैयाँ छ । बैंक मौज्दातमा ३३ करोड ३७ लाख १० हजार रुपैयाँ छ । चैतमा बैंक मौज्दातमा ३५ करोड २६ लाख १८ हजार रुपैयाँ थियो । 
 
वैशाख मसान्तसम्म आइपुग्दा यस फन्डले ६८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै नेपाल बैंकको सेयरमा लगानी गरेको छ । यसको १ लाख ३३ हजार ६९५ कित्ता सेयरमा ३ करोड १६ लाख ८५ हजार बराबरको लगानी छ । 
 

Post Your Comment