Market Closed

लुम्बिनी जनरल इन्सुरेन्सको किन घट्यो नाफा ?

21 Nov,2019
  • lumbini-general_5_13_2018_1_00_29.jpg
नेपाली पैसा
 
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लुम्बिनी जनरल इन्सुरेन्सले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्ष भन्दा १०.५२% ले घटेको हो । गत वर्ष यस इन्सुरेन्सले ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क नै घटेपछि समग्र नाफा प्रभावित भएको हो । लुम्बिनीको बिमा कोष २६.२०%ले बढेर ५८ करोड ८५ लाख रुपैयाँमा आएको छ । 

खुद बिमा शुल्क ७.७५% ले घटेर १९ करोड ३९ लाख रुपैयाँमा आएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ०९ पैसा छ । यस इन्सुरेन्सले कात्तिक २४ गतेबाट मंसिर २९ गतेसम्म २०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।  


लुम्बिनी जनरल इन्सुरेन्सको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

Post Your Comment