Market Closed

नेप्सेमा थपियो ५९ लाख कित्ता सेयर, ४ कम्पनीको बोनस र हकप्रद सूचीकृत

21 Jun,2019
  • share_listing_6_21_2019_1_22_54.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ कम्पनीको ५९ लाख ५० हजार ७४०.०५ कित्ता सेयर सूचीकृत भएको छ । जेबिल्स फाइनान्सले ४.८१% बोनस सेयर र गत चैतमा बिक्री गरेको लिलामी सेयर नेप्सेमा सूचीकृत गराएको छ । यस्तै, मिथिला लघुवित्तले माघ १७ देखि फागुन २९ गतेसम्म बिक्री गरेको ५०% हकप्रद पनि अहिले सूचीकृत गराएको हो । 


 
यता, मेरो माइक्रोफाइनान्सको ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले फागुन २९ देखि चैत २४ गतेसम्म १ः१ अनुपातमा हकप्रद जारी गरेको थियो । लाइफ इन्सुरेन्स कर्पोरेसनले भने चैत ४ गतेको एजीएमबाट पारित १२% बोनस सेयर सूचीकृत गराएको हो ।

Post Your Comment