Market Closed

नेप्सेमा यी २ कम्पनीको ५४ लाख ३९ हजार कित्ता बोनस र हकप्रद सेयर सूचीकरण

21 Nov,2019
  • share_listing_11_21_2019_5_18_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा बिहीबार २ कम्पनीको ५४ लाख ३९ हजार ६१२ कित्ता सेयर थपिएको छ । जसमा लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को ५१ लाख ५१ हजार ६१२ कित्ता बोनस सेयर सूचीकृत गरिएको हो । यो कम्पनीले आर्थिक वर्ष २०७४–०७५ मुनाफाबाट सेयरधनीलाई ३४.४६% बोनस सेयर र ३५.५४% लाभांश गरी कुल ७०% लाभांश वितरण गरेको थियो । त्यसमध्ये ३४.४६% बोनस बिहीबार नेस्सेमा सूचीकृत भएको हो । 
 
यस्तै, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि २ लाख ८८ हजार कित्ता हकप्रद सेयर पनि सूचीकरण गरिएको छ । यस कम्पनीले गत असार १२ गतेदेखि साउन १५ गतेसम्म २ लाख ८८ हजार (१००%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यही हकप्रद सेयर सूचीकरण भएको हो । 

Post Your Comment