Market Closed

लक्ष्मी लघुवित्तको २६.३२% लाभांश, लगानीकर्ताले पाउने भए १०% बोनस र १६.३२% नगद

13 Sep,2017
  • Laxmi-laghubitta-bittiya-sanstha-_9_13_2017_11_09_59.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तिय संस्थाले १०% बोनस सेयर र १६.३२% नगद लाभांस दिने भएको छ । कम्पनीको मंगलबार बसको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट बोनस र नगदसहित २६.३२% लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । त्यसपछि मात्र लाभांस वितरण प्रक्रिया अघि बढ्नेछ । हाल लक्ष्मी लघुवित्तको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा लक्ष्मीले १० करोड ७१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ६९ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ०८ पैसा छ । 
 
 
 

Post Your Comment