Market Closed

लक्ष्मी लघुवित्तको मंसिर ३ मा साधारण सभा, २६.३२% लाभांस प्रस्ताव

23 Oct,2017
  • Laxmi-laghubitta-bittiya-sanstha-_10_23_2017_10_20_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्तको साधारण सभा मंसिर ३ गते हुने भएको छ । सभामा लक्ष्मीले हाल कायम चुक्ता पुँजीबाट १०% बोनस र १६.३२% नगद लाभांस दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । यसआधारमा कम्पनीले बोनसका लागि २ करोड २० लाख रुपैयाँ र नगद लाभांस बापत ३ करोड ५८ लाख ९४ हजार ७३७ रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, कम्पनीले साधारण सभामा संस्थाको प्रबन्धपत्र र नियमावलीमा कुनै फेरबदल गर्नुपरेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७३–०७४ को बार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाबलगायतका वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि लैजानेछ । साधारण सभा गर्न कम्पनीले कात्तिक २३ देखि मंसिर ३ गतेसम्म बुक क्लोेज गर्ने भएको छ । यसर्थ, कात्तिक २२ गतेसम्म कायम सेयरधनीलेमात्र  लाभांस लिन पाउनेछन् । हाल लक्ष्मी लघुवित्तको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा लक्ष्मीले १० करोड ७१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ६९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ०८ पैसा छ । 
 

Post Your Comment