Market Closed

लक्ष्मी लघुवित्तको खुद नाफा घटे पनि रिजर्भ कोषमा वृद्धि जारी

30 Jan,2018
  • Laxmi-laghubitta-bittiya-sansth_1_30_2018_1_50_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ४५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा खुद नाफा १४.१०% ले घटेको हो । गत वर्ष यही बेला यस लघुवित्तको खुद नाफा ८करोड १८ लाख ८० हजार रुपैयाँ थियो । यता, कम्पनीले खुद ब्याज आम्दानी भने ११ करोड ५८ लाख रुपैयाँबाट बढाएर ११ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ । तर सञ्चालन नाफा भने घटेर ६ करोड ८७ लाख २७ हजार रुपैयाँमा आएको छ । गत वर्ष लक्ष्मी लघुवित्तको सञ्चालन नाफा ८ करोड ८ लाख ४९ हजार रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी धेरै बढ्न नसक्नु र सञ्चालन नाफा घट्नु नै खुद नाफा ओरालो लाग्नुमा कारक देखिएको छ । लक्ष्मी लघुवित्तले चुक्ता पुँजी २२ करोड रुपैयाँबाट बढाएर २४ करोड २० लाख रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा पनि ११ करोड ४३ लाख रुपैयाँबाट वृद्धि गरेर १५ करोड ६१ लाख १ हजार रुपैयाँ पर्याइसकेको छ । निक्षेप ५२ करोडबाट ७९ करोड ६६ लाख ४६ हजार रुपैयाँ पुर्याउन सफल भएको लक्ष्मीले २ अर्ब ४३ करोड ७ लाख ६१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लक्ष्मीको खराब कर्जा भने बढेर १.१३% भएको छ । गत वर्ष खराब कर्जा ०.३४% रहेको थियो । सम्भावित जोखिमका लागि ९८ लाख ३३ हजार रुपैयाँ छुट्याइएको छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८३ पैसा (ववार्षिक) रहेको लक्ष्मीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५० पैसा छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ १६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ९७ पैसा थियो । 

http://www.nepalipaisa.com/documentviewer.aspx/LLBS/Laxmi-Laghubitta-Bittiya-Sanstha-Ltd./file/laxmi_laghubitta_bitt.sans,ltd,_2nd_qtr_2074_75_1_29_2018_10_50_20_AM.pdf

Post Your Comment