Market Closed

लक्ष्मी लघुवित्तको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा हुँदा खुद नाफा कति ?

20 Jul,2018
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफा १७.४९% ले घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम त्रैमासमा १० करोड ७१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको लक्ष्मीले यसपटक जम्मा ८ करोड ८३ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको हो । यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि २.४४% ले घटेर २३ करोड ९४ लाख ५७ हजार कायम भएको छ ।

अघिल्लो वर्ष लक्ष्मीले २४ करोड ५४ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लक्ष्मीको सञ्चालन नाफा पनि १६ करोड ५३ लाखबाट घटेर १३ करोड ३५ लाख ६९ हजार रुपैयाँमा खुम्चिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा समग्रम खुद नाफा प्रभावित भएको हो । 
 
गत आर्थिक वर्ष २०७४–७५ को अन्तिम त्रैमाससम्ममा लक्ष्मीले ९७ करोड ९ लाख ८१ हजार निक्षेप संकलन गरी २ अर्ब ६७ करोड १ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
कम्पनीको खराब कर्जा पनि बढेको छ । अघिल्लो वर्ष ०.५०% रहेको लक्ष्मीको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.९८% पुगेको छ । 
 
चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २० करोड २३ लाख ८४ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५२ पैसा हुँदा प्रतिसेयर नेटवर्थ भने १८३ रुपैयाँ ६३ पैसा देखिन्छ । 

Post Your Comment