Market Closed

लक्ष्मी लघुवित्तले दिने भयो २६.३२% नगद लाभांश, यसपालि छैन बोनस

07 Oct,2018
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम २४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीमा करसहित २६.३२% नगद दिने प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
 
लक्ष्मीले गत वर्ष १०% बोनस सेयर र १६.३२% नगद मिलाएर कुल २६.३२% नै लाभांश दिएको थियो । तर यसपालि भने नगद लाभांश मात्र दिन लागेको हो । यस लघुवित्तले गत आर्थिक वर्षमा ८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेर आम्दानी ३६ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ६३ पैसा छ ।

लक्ष्मी लघुवित्तले विगतमा दिएको लाभांश

Post Your Comment