Market Closed

लक्ष्मी लघुवित्तको खुद नाफामा २.७२% सुधार, पुँजी बढे पनि आकर्षक छ रिजर्भ

26 Oct,2018
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३१ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा २.७२% धेरै हो । गत वर्ष लक्ष्मीले २ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः ११. ६६% र २.६८% बढोत्तरी गरेको छ ।

गत वर्ष ५ करोड ९० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लक्ष्मी लघुवित्तले यो त्रैमासमा ६ करोड ५९ लाख ८९ हजार रुपैयाँ पुर्याएको छ । लक्ष्मीले सञ्चालन नाफा पनि ३ करोड ५३ लाख ७६ हजार रुपैयाबाट बढाएर ३ करोड ६३ लाख २५ हजार रुपैयाँ पुर्याउन सपल भएको छ । 

कम्पनीले यो त्रैमाससम्ममा १ अर्ब १ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको लक्ष्मी लघुवित्तको जगेडा कोषमा २२ करोड ४८ लाख २८ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा कम्पनीको हेर्दा जगेडा कोष आकर्षक मान्न सकिन्छ । 
 
लक्ष्मीले गत वर्षको कमाईबाट २६.३२% नगद लाभांश दिने घोषणा गरेको छ । खराब कर्जा भने ०.९३% बाट बढेर ०.९९% पुगेको छ । प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा (वार्षिक) रहेको लक्ष्मी लघुवित्तको प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ९० पैसा छ । 
 

Post Your Comment