Market Closed

लक्ष्मी लघुवित्तको २६.३२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर, पुस १ मा एजीएम

04 Dec,2018
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २६.३२% नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । लक्ष्मी लघुवित्तले पुस १ गते साधारण सभा बोलाउन बुधबार (मंसिर १९) देखि बुक क्लोज गर्दैछ । लक्ष्मीले साधारण सभामा २६.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा एक्विजिसन प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । 
 
साधारण सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
 
 लक्ष्मी लघुवित्तको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ छ । पहिलो त्रैमासमा यो कम्पनीले करोड ३१ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ९० पैसा छ ।
 

Post Your Comment