Market Closed

लक्ष्मी लघुवित्तको आज एजीएम, २६.३२% नगद लाभांश प्रस्ताव पारित गरिने

16 Dec,2018
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाको आइतबार (पुस १ गते) वार्षिक साधारण सभा ११ बजे अग्रवाल भवन कमलपोखरीमा सुरु भएको छ । साधारण सभामा लक्ष्मीले २६.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । लक्ष्मीले अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा एक्विजिसन प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि साधारण सभामा लैजानेछ ।
 
यस्तै, साधारण सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । साधारण सभा गर्न मंसिर १९ गतेदेखि बुक क्लोज गरेको छ। 
 
मंसिर १८ गतेसम्म कायम रहने सेयरधनी मात्र २६.३२५ नगद लाभांशको हकदार हुनेछन् । लक्ष्मीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ छ । पहिलो त्रैमासमा कम्पनीले करोड ३१ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ९० पैसा छ ।

Post Your Comment