Market Closed

लक्ष्मी लघुवित्तको २६.३२% नगद खातामा जम्मा, नपाएको भए यस्तो छ कारण

28 Dec,2018
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२% नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर १८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको नगद खातामा पठाइदिएको हो ।
 
त्यस्तै, मंसिर १८ पछि डिम्याट गर्नेहरुको नगद पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।  तर अहिलेसम्म पनि सेयर डिम्याट नगरेकाहरुले भने खातामा सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र खातामा नगद जम्मा हुने कम्पनीले जनाएको छ । लक्ष्मी लघुवित्तको पुस १ गते सम्पन्न साधारण सभाले २६.३२% नगद वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
 

Post Your Comment