Market Closed

लक्ष्मी लघुवित्तले खुद नाफा ८.८७% ले बढायो, प्रतिसेयर आम्दानी आकर्षक

21 Jan,2019
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ८५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा ८.८७% धेरै हो । गत वर्ष लक्ष्मीले ४ करोड ४५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि १६.३६% ले वृद्धि गरेर १३ करोड ६६ लाख ३० हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष लक्ष्मीले ११ करोड ७४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ६ करोड ८७ लाख रुपैयाँबाट बढाएर ७ करोड ६२ लाख २५ हजार रुपैयाँ पुर्याएको छ । लक्ष्मीले १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १२ करोड ८० लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको लक्ष्मीको रिजर्भ कोषमा १८ करोड ४३ लाख ७ हजार रुपैयाँ छ । खराब कर्जा १.१३% बाट बढेर १.२१% भएको छ । प्रतिसेयर आम्दानी ४० रुपैयाँ १० पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा छ । 

हेर्नुहोस् लक्ष्मी लघुवित्तले दोस्रो त्रैमासको रिपोर्ट  
 

Post Your Comment