Market Closed

लक्ष्मी लघुवित्तको नाफा १८.८५% बढ्यो, रिजर्भ र प्रतिसेयर आम्दानी कस्तो ?

17 Apr,2019
  • Laxmi-laghubitta-bittiya-s_7_20_2018_12_16_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा १८.८५% धेरै हो । गत वर्ष लक्ष्मीले ६ करोड ६६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि २१.६७% ले वृद्धि गरेर २१ करोड ४२ लाख ६१ हजार रुपैयाँ पुर्याएको छ ।
 
गत वर्ष लक्ष्मीले १७ करोड ६० लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि १० करोड २४ लाख ४८ हजार रुपैयाँबाट बढाएर १२ करोड २५ लाख १ हजार रुपैयाँ पुर्याएको छ । लक्ष्मीले १ अर्ब १८ करोड ३९ लाख ३३ हजा रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३७ करोड २ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
 
 चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको लक्ष्मीको रिजर्भ कोषमा २१ करोड ३७ लाख ५ हजार रुपैयाँ छ । खराब कर्जा भने १.२१% बाट बढेर १.३७% पुगेको छ । प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६१ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ३१ पैसा छ ।

लक्ष्मी लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment