Market Closed

लक्ष्मी लघुवित्तको २६.३२% लाभांश घोषणा, बोनस र नगद कति–कति ?

11 Sep,2019
  • bonus_img_9_11_2019_10_39_09.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट १५% बोनस सेयर र ११.३२% नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँ नगद बाँड्नेछ । अघिल्लो वर्ष पनि यसले २६.३२% नगद लाभांश वितरण गरेको थियो । 
 
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ । हाल लक्ष्मीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ छ । बोनस वितरणपछि पुँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ । 
 
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ८४ पैसा रहेको लक्ष्मीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ११ पैसा छ ।  

लक्ष्मी लघुवित्तको लाभांश इतिहास 




Post Your Comment