Market Closed

लक्ष्मी क्यापिटलका दुवै फन्डको नोक्सान बढ्यो, गत आर्थिक वर्षमा यस्तो रह्यो सेयर लगानी

19 Sep,2018
  • mutual-fund-_2_23_2018_11_32_15_9_19_2018_2_53_51.jpg
नेपाली पैसा
 
काठमाडौं : लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डहरु गत आर्थिक वर्षमा नोक्सानमा गएका छन् । लक्ष्मी इक्विटी फन्ड असार मसान्तसम्म १४ करोड ९६ लाख ९९ हजार ४९४ रुपैयाँ नोक्सानमा गएको छ । गत वर्ष यो फन्डको नोक्सानी अघिल्लो आर्थिक वर्ष भन्दा निकै धेरै देखिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा इक्विटी फन्ड १ करोड ८१ लाख ६६ हजार ३१० रुपैयाँ मात्र नोक्सानमा थियो ।
 
लक्ष्मी इक्विटी फन्डको सेयरमा लगानी भने बढेको छ । अघिल्लो वर्ष ३८ करोड ८३ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर लगानी रहेकोमा असार अन्तिमसम्ममा ७० करोड ५१ लाख ७० हजार रुपैयाँ पुर्याएको छ । तर सेयर करोबारबाट नोक्सानी भने बढेको देखिन्छ । सेयर कारोबारबाट गत आर्थिक वर्षमा १७ करोड ४८ लाख ४४ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । अघिल्लो आवको यसै अवधिमा भने नोक्सान १ करोड ४७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
 
यता, लक्ष्मी क्यापिटलकै अर्को लक्ष्मी भ्यालु फन्ड-१ पनि गत आर्थिक वर्षमा ३ करोड २० लाख ८३ हजार रुपैयाँ नोक्सानमा गएको छ । अघिल्लो वर्ष यो फन्ड ५ करोड ४७ लाख ५७ हजार रुपैयाँ नाफामा थियो । यसको सेयर लगानी ३३ करोड २२ लाख २९ हजार रुपैयाँबाट घटेर ३१ करोड २८ लाख ६२ हजार रुपैयाँमा आएको छ । सेयर कारोबारबाट नोक्सान ४ करोड ४२ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो फन्डले सेयर बिक्रीबाट ४ करोड ७५ लाख २५ हजार रुपैयाँ नाफा गरेको थियो ।

Post Your Comment