Market Closed

महिला सहयात्राको भदौ १३ मा एजीएम, १७.५०% लाभांश वितरण मुख्य एजेन्डा

05 Aug,2020
  • agm_8_5_2020_8_32_53.jpg
नेपाली पैसा
 
काठमाडौं : महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले ७ औं वार्षिक साधारण सभा भदौ १३ गते बोलाएको छ । सभामा कम्पनीले १७.५०% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस र ७.५% नगद गरी कुल १७.५% लाभांश वितरण गर्न लागेको हो । सभा संस्थाको केन्द्रीय कार्यालय थाहा नगरपालिका ९ मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

यस लघुवित्तले यसअघि गत चैत २२ गते साधारण सभा बोलाएको थियो । तर कोरोनाका कारण त्यसबेला स्थगित गरिएको थियो । अहिले पुनः सोही साधारण सभा बस्न लागेकोे हो । सभा प्रयोजनका लागि यस कम्पनीले चैत ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ३ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् । 
 
सभामा कम्पनीको हालको २० करोड रुपैयाँ अधिकृत पुँजी वृद्धि गरी ४० करोड कायम गरिने एजेन्डा पनि छ । यसैगरी, रेमिटेन्स कारोबार गर्नका लागि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि रहेको छ । हालको यसको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ । 
 
 

Post Your Comment