माछापुच्छ्रे बैंक उक्लियो अरबपतिको सूचीमा, यस्तो छ तेस्रो त्रैमासको प्रगति

21 Apr,2019
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अरबपतिको सूचीमा उक्लिएको छ । यस अवधिमा बैंकले १ अर्ब २४ करोड ८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा ४५.२८% ले नाफा बढाएको हो । गत वर्ष बैंकले ८५ करोड ४० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा ९८ करोड १८ लाख ३० हजार रुपैयाँ छ ।
 
चैत मसान्त सम्ममा माछापुच्छ्रेले खुद ब्याज आम्दानी ३९.९८% ले बढाएर २ अर्ब ६० करोड १६ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब ८५ करोड ८५ लाख ५६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यता, बैंकले सञ्चालन नाफा ४४.५२% ले बढाएर ३ अर्ब १९ करोड ४६ लाख १९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले २ अर्ब २१ करोड ४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
 
बैंकले तेस्रो त्रैमास सम्ममा ८१ अर्ब १६ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । यस अवधि सम्म बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । माछापुच्छ्रेको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १५ पैसाले बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । 
 
गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३१ पैसा रहेको थियो । बैंकको निष्कृय कर्जा ०.१३% ले बढेर ०.४८% पुगेको छ । बैंकको चैत मसान्त सम्ममा आधारदर १०.५२% रहेको छ । 

माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment