माछापुच्छ्रे बैंकलाई ३ अर्बको ऋणपत्र निष्कासन अनुमति, वार्षिक १०.२५% ब्याज

23 Jun,2019
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
 
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।  रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

Post Your Comment