Market Closed

माछापुच्छ्रेले चौथो त्रैमासमा गर्यो प्रगति, खुद नाफासँगै अन्य सूचकमा चमक

19 Jul,2019
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23.jpg
नेपाली पैसा
 
काठमाडौं : मर्जरको लहरबीच वाणिज्य बैंकहरुले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा आकर्षक सुधार गरेको छ ।
 
माछापुच्छ्रेले आशा अनुसार नै नाफा बढाएको छ । अघिल्लो वर्षको तुलनामा खुद नाफा ३६.३२% ले वृद्धि गरी १ अर्ब ७० करोड ३५ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा ०.७५% गिरावट आएपनि संचित नाफा १११.१७% ले बढाएको छ । कस्ट अफ फन्ड भने सामान्य बढेको छ ।


माछापुच्छ्रेको चौथो त्रैमासको विस्तृत वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment