Market Closed

माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो, अब भदौ ३ गतेसम्म म्याद

25 Jul,2019
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । यसमा अब भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । बिहीबार (साउन ९ गते) सम्म आवश्यकता अनुसार आवेदन नपरेपछि ऋणपत्र भर्ने म्याद भदौ ३ गतेसम्म पुर्याइएको छ । बैंकले साउन ६ गतेदेखि ३० लाख इकाई ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । 
 
यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिएको हो । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै प्रयासमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । माछापुच्छ्रेले १० वर्ष अवधिको ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र बिक्री गरेको हो ।
 
रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । माछापुच्छ्रेको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

Post Your Comment