Market Closed

माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

20 Aug,2019
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23.jpg
नेपाली पैसा
 
काठमाडौं : माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने मंगलबार (भदौ ३ गते) अन्तिम दिन हो । कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्नेछ । बैंकले साउन ६ गतेदेखि ३० लाख इकाई ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । बाँकी १८ लाख इकाई भने बैंकले अन्य संघ संस्थालाई बिक्री गर्दैछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइन्छ ।

१० वर्ष अवधिको ‘१०.२५% म माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र बिक्री खुला गरिएको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । 
 
प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।
 

Post Your Comment