Market Closed

माछापुच्छ्रे बैंकको शुक्रबार हुने साधारण सभामा यस्ता छन् मुख्य एजेन्डा

09 Oct,2019
  • Machhapuchhre-bank-Ltd_8_13_2018_11_19_23_10_9_2019_9_10_58.jpg
नेपाली पैसा 
 
काठमाडौं माछापुच्छ्रे बैंकको साधारण सभा शुक्रबार (असोज २४ गते) होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।  सभामा गत आर्थिक वर्षको नाफाबाट ५ % बोनस सेयर र ११ % नगद गरी कुल १६ % लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारी भित्र्यान परेमा काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
 
बोनस वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिइनेछ । साधारण सभाका लागि असोज १० देखि असोज २४ गतेसम्म बुक क्लोज गरिएको छ । असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । सभा होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

Post Your Comment