Market Closed

मितेरीको ५९ हजार कित्ता सेयर लिलामीमा बिक्री खुल्यो, अन्तिम म्याद माघ ४ गते

10 Jan,2017
  • auctoinss_1_10_2017_1_27_15.png
नेपाली पैसा
 
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले मंगलबारदेखि ५९ हजार सात ७३८.६० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । जस अन्तर्गत संस्थापक समूहतर्फ १७ हजार ४७९.६० कित्ता र सर्वसाधारण समूहको ४२ हजार २५९ कित्ता सेयर बिक्री खुला भएको हो । आवेदन दिने अन्तिम म्याद भने माघ ४ गतेसम्म तोकिएको छ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलाम बढाबढका आधारमा बेच्न लागेको हो । 
 
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ मूल्य तोकी त्यसभन्दा बढी दर भाउ राखेर बोलपत्र भर्नु पर्नेछ । प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंबाट आवेदन दिन सकिनेछ । मितेरीको बिक्री प्रबन्धक प्रभु क्यापिटल हो । संस्थापन समूहतर्फको बोलपत्र माघ ६ गते अपरान्ह दिउसो १ बजे र सर्वसाधारण तर्फको सोही दिन २ बजे प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौमा बोलपत्र खोलिनेछ ।

Post Your Comment