Market Closed

मेगा र हिमालयन बैंकको बोनस सेयरपछि कतिमा भयो मूल्य समायोजन ?

31 Dec,2018
  • Price_adjustment_12_30_2018_11_22_13.jpg
नेपाली पैसा
 
काठमाडौं : मेगा बैंकको १% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको १% बोनस सेयरपछि समायोजित मूल्य प्रतिकित्ता १८० रुपैयाँ १९ पैसा कायम भएको छ । मेगाको औसत आधार मूल्य भने २१७ रुपैयाँ ६० पैसा छ । 
 
बैंकले पुस ३० गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लाज गरेको हो । सभामा १% बोनसका साथै ६.८५% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । यस्तै, बैंक सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
 
यता, हिमालयन बैंकको पनि ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसपछि यसको समायोजित सेयर भाउ प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य भने ६७४ रुपैयाँ २६ पैसा छ । 
 
हिमालयनले पुस ३० गते हुने एजीएममा ५% बोनस सेयर र १०.७८९५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि सोमबारदेखि बुक क्लोज गरेको हो ।

Post Your Comment