मेगा बैंकको १०.७५% बोनससहित १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

23 Aug,2018
  • share_listing_11_7_2017_4_48_43.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार १ करोड २० लाख ५० हजार ८५४.७३ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएका छन् । मेगा बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर तथा लुम्बिनी विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । मेगा बैंकको ९९ लाख ८६ हजार ९५१.५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
 
मेगाले असार २९ गते वार्षिक साधारण सभा गरी १०.७५% बोनस सेयर दिएको थियो । यसैगरी, नेपाल कम्युनिटीको पनि ८.६१% बोनस नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले कुल ४ लाख १७ हजार ४६१.२० कित्ता बोनस सूचीकरण गराएको हो ।
 
यता, लुम्बिनी विकास बैंकको भने हकप्रद सेयर नेप्सेमा थपिएको छ । बैंकले गत माघमा बिक्री गरेको १०% हकप्रद सेयर सूचीकरण गराएको हो । यो बैंकले २० लाख ८ हजार ८७८ कित्ता हकप्रद निष्कासन गरेपनि बिहीबार १६ लाख ४६ हजार ४४२ कित्ता सेयर मात्र सूचीकृत भएको छ । हकप्रद निष्कासनका बेला बिक्री नभएको ३ लाख ६२ हजार ४३६ कित्ता सेयर भने अहिले लिलामीमा छ ।

Post Your Comment